Public Pana
नयाँ नागरिकता लिन रबि लामिछाने जिल्ला प्रशासनमा, आजै दिने प्रशासनको तयारी

सर्वोच्च अदालतले पुरानो नागरिकता बदर गरिदिएपछि नयाँ नागरिकता लिन  रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। 

जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा कार्यालय समय खुल्ने बित्तिकै रबि पुगेपछि समर्थकहरु पनि नारावाजी गर्दै त्यहाँ पुगेका छन् ।

लामिछानेले सवै प्रक्रिया पुरा गरेर आजै नागरिकताको प्रमाणपत्र लिने बताइएको छ । सर्वोच्चको निर्णयमा नयाँ नागरिकता लिन कुनै रोकटोक नभएकाले उनलाई प्रक्रिया पुरयाएर नयाँ नागरिकता प्रमाणपत्र जारी गर्ने प्रशासनको तयारी छ । 

 भीड बढेसँगै प्रहरी पनि बाक्लो रूपमा परिचालन गरिएको छ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्।

यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो। 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update