Public Pana
परराष्ट्र सचिव लम्साललाई बेल्जियमको राजदुत बनाउने सरकारको तयारी

सरकारले परराष्ट्र सचिव सेवा लम्साललाई बेल्जियमको राजदुत बनाउने तयारी गरेको छ ।

परराष्ट्र सचिवबाट अवकाश लिने दिन नजिकिदै गरेका बेला सरकारले करियर सेवाबाटै  लम्साललाई बेल्जियमको राजदुतमा पठाउने तयारी गरेको हो ।

युरोपियन युनियनको प्रतिनिधित्व गर्ने भएकाले सरकारले परराष्ट्र सेवाकै कर्मचारीलाई प्राय बेल्जियमको राजदुत बनाउने गरेको हो ।

अहिलेपनि परराष्ट्र मन्त्रालयका सहसचिव ज्ञानेन्द्रराज राजभण्डारी बेल्जियमका लागि नेपाली राजदुत छन् । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update