Public Pana
एमाले उपाध्यक्ष बराल नियुक्त,१७ जना केन्द्रीय सदस्यमा मनोनित

नेकपा एमालेले गरु बराललाई उपाध्यक्ष मनोनयन गर्दै १७ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ ।

ठेकेदार बिशाल पण्डितको अनामनगरस्थित होटेल बसेरामा बसेको पार्टीको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरको हो ।

केन्द्रीय सदस्यमा मनोनित हुनेमा सुवास कर्माचार्य सिन्धुपाल्चोक, जितेन्द्रदेव सप्तरी, कुन्दन कुशहवा रौतहट, रामपृत राम सिराहा रहेका छन् । 


त्यस्तै एमालेका पुराना कार्यकर्तामध्ये कृष्णभक्त पोखरेल, कमल तिमिल्सिना अछाम, महेश बर्तौला मकवानपुर रहेका छन् ।

त्यसैगरी सरिता भुसाल किसान महासंघ, प्रभा बराल कास्की,मञ्जु शर्मा चालिसे बाग्लुङ,आशा जगेबु पाँचथर पनि एमाले केन्द्रीय सदस्यमा मनोनित भएका छन् । 

त्यसैगरी एमालेले निर्वाचन आयोगमा अमनसिंह तामाङ सिन्धुपाल्चोक,झवी पोखरेल कपिलबस्तु,नर्मदा भण्डारी गुल्मी,रत्ना गुरुङ काठमाडौ कमला केसी कैलालीलाई मनोनित भएका छन् ।

मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनित भएका छन् । 
एमालेले सल्लाहकार परिषद सदस्यमा पनि नेताहरुलाई मनोनयन गरेको छ ।

जसमा कुलानन्द गिरी रोल्पा, महेन्द्र थापा रोल्पा, पिएल श्रेष्ठ तनहुँ, शिवचन्द्र कुशहवा बारा, रामप्रित पासवान सप्तरी,एकवाल मियाँ कपिलबस्तु, डा. गोपाल खनाल नवलपुर,खालित हुँसेन हक सुनसरी मनोनित भएका छन् ।

हरि रिजाल प्युठान, प्रेमबहादुर सिंह कालिकोट, कृष्णप्रसाद दाहाल मकवानपुर,विनु ढकाल मोरङ,सानु श्रेष्ठ बागमती सिर्जना शर्मा गण्डकी,प्रदीप भण्डारी कोशी,अर्जुनबहादुर थापा सुदुरपश्चिम, श्याम ढकाल बर्दिया, नारायण मरासिनी स्याङ्जा,धनेन्द्र घिमिरे पाल्पा, नन्दलाल रोकाया बाँके,जनक पौडेल बागलुङ,मेघनाथ सुवेदी पर्वत, नारायण मरासी डोटी,सुवासचन्द्र ठकुरी मकवानपुर छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्र्मा ओलीले होटलमा बैठक बोलाएर केन्द्रीय समितिलाई पुर्णता दिएका हुन । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update