Public Pana
टीआरसीमा जुट्यो सहमति

संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकका विवादित विषयमा सहमति जुटेको छ । बिहीबार बिहान बसेको बैठकमा सहमति जुटेको हो ।

आज बिहान कानुनमन्त्री, कानुन समितिका सभापति र तीन दलका नेताहरूबीच बसेको बैठकले सहमति जुटाएको हो ।

 

 

बैठकमा द्वन्द्वकालमा मारिएका तथा घाइते भएका सुरक्षाकर्मीको परिवारलाई पीडित सरह परिपूरण दिने र बहिगर्मित लडाकूहरुलाई र द्वन्द्व प्रभावितका रुपमा परिपूरण दिने सहमति भएको छ ।

सरकारवादी फौजदारी मुद्दा भयो भने मुद्दा चल्ने र दुनियाँवादी फौजदारी मुद्दा भए के गर्ने भन्ने अधिकार पीडितलाई दिने सहमति भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update