Public Pana
ठेकेदारको भिआइपी होटल बसेरामा एमाले हाइकमाण्डको वैठक !

पसेपछि सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठक सिहदरवार नजिकैको होटलमा बस्दैछ । पार्टीको वैठक सरकारी निवासमा नराख्ने बताएका प्रधानमन्त्री केपी ओलीले ठेकेदारको महंगो होटलमा पार्टीको वैठक राख्न लागेका हुन ।

सिहदरवारस्थित होटल बसेरामा विहान ११ बजे बोलाइएको बैठकमा पार्टीको आगामी रणनीतिवारे छलफल गर्ने तयारी छ ।

कुनै समय केपी ओली ओली प्रधानमन्त्री भएका बेला सिहदरवार छेउँमा बनेको उक्त अग्लो होटलले सरकारकै मुख्य प्रशासनिक केन्द्रको सुरक्षामा असर गर्ने सक्ने भन्दै भत्काउने गृहकार्य समेत भएको थियो ।

होटल संचालक एवं ठेकेदार बिशाल पण्डितले राजनीतिक सेटिङ मिलाएर उक्त होटलको नक्शा पास गरेर सिहदरवारको दक्षिण गेट छेउमै अग्लो होटल बनाउन सफल भएका थिए ।

उक्त होटल काठमाण्डौ जिल्ला प्रशासन कार्यालयसँगै जोडिएकाले त्यसले पनि सरकारी संयन्त्रमा सुरक्षा चुनौती थपिएको सुरक्षा निकायकै बिश्लेषण छ । सुरक्षा दृष्टिकोणले सरकारी निकायमाथी सुरक्षा चुनौतीका रुपमा हेरिएको उक्त होटलमा एमालेले पहिलो पटक हाइकमाण्डको वैठक आह्वान गरेको हो । 

स्रोतले भन्यो ः यो देश व्यापारी र ठेकेदारले चलाउने भएरै हो, ठेकेदारलेआफ्नो शक्ति देखाउन सरकारको नेतृत्वकर्ता दलको हाइकमाण्डको वैठक आफ्नै होटलमा राख्न लगाएको हुन सक्छ । होटल संचालक बिशाल पण्डित उनै ठेकेदार हुन, जसले अहिले पनि भैसेपाटीस्थित सभामुख तथा मन्त्री क्वाटरको अन्तिम चरणको काम गर्ने ठेक्का पाएका छन् । 

 

 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update