Public Pana
संसदीय निर्वाचन नजिकिदै गर्दा समेत सेयरको कारोवार रकममा भारी गिरावट

संसदीय निर्वाचन नजिकिदै गर्दा समेत सेयरको कारोवार रकममा भारी गिरावट आउन थालेको छ ।  सेयरको कारोवार रकम करोडमा झरेको छ । लगानीकर्ताको आकर्षण बिस्तारै सेयर बजारबाट घट्ना थालेकाले सेयर बजार पनि आरोलो लाग्न थालेको बिलेषण हुन थालेको छ । यसअघि निर्वाचन नजिकैएसँगै सेयर बजार निकै बढ्ने गरेको थियो । 

 बजारमा आएको गिरावटका साथै घट्दो कारोबार रकमका कारण बजारप्रति लगानीकर्ताको आकर्षण घट्न थालेको चर्चा पनि सुरु भएको छ ।

केही समययता बजारमा कारोबार रकम न्यून हुँदै आएको थियो । सोमबार पनि कारोबार रकम निकै घटेको छ ।
बजार मापन गर्ने सूचक ४.२९ अंकले घटेर परिसूचक १९७३.०१ बिन्दुमा रोकिएको छ ।

२२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता सेयर ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन कारोबार रकम १ अर्ब भन्दा कम रहेको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update