Public Pana
बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंहलाई अघि सार्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ ।

आइतबार बिहान हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । बिहान बसेको संसदीय दलको बैठकले बहादुरसिंह लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो | 

बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । लामा बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता समेत हुन् ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update