Public Pana
त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजीकार्य आज विहानैदेखी शुरु

त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र तिनमा सवार यात्रुको खोजी कार्य पुनः आज  बिहानैबाट शुरू भएको छ ।

बिहान ८ बजेबाट पुनः खोजीको काम शुरू गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिए ।

उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको संयुक्त टोलीले पालैपालो खोज्ने काम गरिरहेका छन् । खोजी कार्यमा तालिमप्राप्त गोताखोर पनि परिचालन गरिएको छ । 

 

 

 

साथै खोजी कार्यमा पानीभित्र प्रयोग गरी खोज्न सकिने वाटर ड्रोन, सोनार क्यामेरा, पाइपलाइन इन्सपेक्सन सिस्टम आदि प्रविधि प्रयोग गरिएको छ ।

 

आज गृहसचिवसहितका सुरक्षा निकाय प्रमुखहरूले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update