Public Pana
कंग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली  आज प्रधानमन्त्री बन्दै, सोमवार सपथ गरिने

एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज ओलीलाई नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्ने भएका हुन ।

नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने तयारी राष्ट्रपति कार्यालयले गरेको छ । 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान  गरेका थिए । 


उक्त आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका छन् । 

राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्ने भएका हुन्। त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम तय गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

ओली  नेतृत्वको सरकारलाई केही साना दलले समेत समर्थन गरेका छन् । साना दलबाट भोलीसम्म मन्त्री बनाउने तयारी ओलीले गरेका छन् ।

जनता समाजवादी पार्टी, लोकतान्तिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट अहिलेले मन्त्री बनाउने ओलीको तयारी छ । सिके राउत नेतृत्वको जनमुक्ती पार्टीले भने प्रदेश २ को मुख्यमन्त्री लिइसकेकाले उसलाई तत्काल मन्त्री नदिने पक्षमा ओली रहेको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update