Public Pana
पहिरोको डरलाग्दो बिनाश कास्कीमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

कास्कीका विभिन्न स्थानमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा १९ तल्लाकोट टारीमा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको छ भने पोखरा ३२ चैनपुरमा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मादी गाउँपालिका ११ तल्लो ताप्लेमा थप एकजनाको मृत्यु भएको छ । 


गएराति १० बजेर २० मिनेटपछि तल्लाकोट टारीका कुल बहादुर परियारको घरमा पहिरो खसेको हो । मृत्यु हुनेमा ४६ वर्षीय कुल बहादुर परियार, ४३ वर्षीय मनु कुमारी परियार, ८५ वर्षीय लक्षीमा परियार, १५ वर्षीय प्रसना परियार छन् ।

विवाहपछि माइत गएकी कुल बहादुरकी छोरी २० वर्षीय प्रभा परियार र ज्वाइँ २५ वर्षका अस्मित परियारको पनि मृत्यु भएको छ । घटनास्थलमा पोखरा–१९ तल्लाकोट टारी बस्ने वर्ष ५६ कि राधिका परियारको पनि मृत्यु भएको छ । पहिरोमा परेर ३१ वर्षीय कुमार परियार र १७ वर्षका पवन परियार घाइते भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update