Public Pana
कास्कीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु

कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ।

बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मृतक एकै परिवारका रहेको प्रहरीले जनाएको छ । पहिरोमा मृत्यु हुनेमा ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार,  छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियार रहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update