ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । गएराति १ बजेर ४६ मिनेटमा ताप्लेजुङको तापेथोक सेरोफेरो केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । भूकम्पबाट कुनैपनि क्षति भएको भन्नेवारे जानकारी नआएको स्थानिय प्रशासनले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार २६, २०८१ ०९:१२
प्रतिक्रिया दिनुहोस्