Public Pana
केपीलाई बालेनको अर्काे आरोप, गिरीबन्धुमा पचाउन खोजेको पैशाले १५ हजार परिवार व्यवस्थापन हुन सक्छ  !

अबको प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीलाई काठमाण्डौका मेयर बालेन साहले अर्काे संघीन आरोप लगाएका छन् । 

सामाजिक संजाल फेसवुकमा स्टाटस लेख्दै मेयर बालेनले शनिवार बर्षाले राजधानीका विभिन्न स्थानमा डुवान परेको बिषय जोडेर गम्भीर आरोप लगाएका छन् । 

बालेनले काठमाण्डौंमा खोला बस्ती पसेको नभई खोलाले आफ्नो खोजेको भन्दै उनीहरुको व्यवस्थापन गर्नेतर्फ ध्यान दिन ओलीको ध्यानाकर्षण गराएका छन् । उनले ओलीलाई खोला किनारमा बसेकाहरुको जीवनसँग खेलवाड

गरेर भोटको राजनीति गरिरहेको भन्दै त्यसो नगर्न भनेका छन् । उनले सामाजिक संजालमा लेखेको छनः काठमाण्डौंमा लगभग दुई हजार परिवार खोला किनारमा बस्ने गरेका छन्, माननीय केपी ओलीज्यू तपाईले पचाउन खोज्नु

भएको गिरिवन्धुमा यस्ता १५ हजार परिवार व्यवस्थापन हुन सक्छन । उनले भनेका छन अव त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे अव यो समस्याको समाधान गर्नुहुनेछ भन्ने आशा लिएको छु ।    
 

बालेनको स्टाटस यस्तो छ हेर्नुहोस 

balen-post-1720279096.jpg
 

 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update