Public Pana
देशभर अविरल बर्षाले बाढी र पहिरोको जोखिम बढ्यो, सर्तकता अपनाउन सरकारको अपिल

मुलुकका अधिकांस स्थानमा गएरातीदेखी अविरल बर्षा भइरहेकाले बाढी तथा पहिरोको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाण्डौंमा पनि गत २४ घण्टादेखी बर्षा भइरहेकाले उपत्यकाका भक्तपुर, काठमाण्डौं र ललितपुरमा खोला आसपासमा बाढीको जोखिम बढेको छ । 

देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेकाले आकस्मिक बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 
शनिवारदेखी लुम्बिनी प्रदेशका पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ र शुदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा स–साना खोलामा बहाव बढ्ने महाशाखाको भनाइ छ । 

आज र भोलि वाग्मती, नारायणी, कालीगण्डकी, मर्स्याङ्दी, बबई, पश्चिम राप्ती, महाकली, पश्चिम सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गर्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

यस्तो मौषम पुर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन

badhi-1720245752.webp
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update