Public Pana
राप्ती नदीको बाढीमा बगेर दाङको लमहीमा एक जना बेपत्ता, दुईको उद्धार गरियो

दाङको लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदिको बाढीमा फसेका मध्ये दुई जनाको उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन् ।  

दाङको राजपुर गाउँपालिका–२ का किसान दूध बिक्री गर्न लमही आएर फर्किने क्रममा राप्ती नदिको बाढीमा फसेका थिए । तीन जना सँगै रहे पनि एक जनालाई बाढीले बगाएको, दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेको अवस्थामा उनीहरूलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको थियो । 

राजपुर–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले  बताए  । दूध बिक्री गर्न सँगै गएका १८ वर्षीय राजकुमार यादव भने बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानिय प्रशासनले बर्षा जारी रहने भएकाले नदि तथा खोला किनारका स्थानियलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update