Public Pana
सरकारमा सहभागितावारे निर्णय गर्न कंग्रेस दलको वैठक बस्दै

नयाँ सत्ता समीकरणपछि सरकारवारे निर्णय गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा अपरान्ह  बजे बोलाइएको दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।  

यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी एमालेसँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।

दलको वैठकमा सरकारको नेतृत्व गरेर कसलाई पठाउने भन्नेवारे समेत छलफल हुने बताइएको छ । 

असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमतिलाई अनुमोदन गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने तयारी गरेपछि सरकारमा पार्टीको अवको रणनीतिवारे संसदीय दलको वैठकले आवश्यक रणनीति बनाउनेछ ।

प्रधानमन्त्री दाहालले हिजो मात्र यही २८ गते संसदमा विश्वासको मत लिन सङ्घीय संसद्लाई जानकारी गराएका छन् । नयाँ सत्तासमीकरणवारे रातारात एमालेसँग सहमति गरेको नेपाली कंग्रेसले त्यसवारे विस्तृतमा सार्वजनिक गरेको छैन ।  

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update