Public Pana
जसपाका दुई मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा, अर्काे सरकारलाई समर्थन गर्ने

 अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपाका महासचिव मोहम्मद इस्तियाक राईले  शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो । बैठकको निर्णय लगत्तै पार्टीबाट सरकारमा सहभागी भएका स्वास्थ्यमन्त्री प्रदीप यादव र बन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका थिए । स्वास्थ्य राज्यमन्त्री रञ्जु झा भने जिल्लामा भएकाले उनको राजीनामावारे मौखिक जानकारी गराइएको थियो । 

पार्टीको निर्णयपछि जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्मथन फिर्ता लिएको पत्र समेत पठाएका छन् । 

जसपाका प्रतिनिधि सभामा ७ सांसद रहेका छन् । एमालेपछि सरकारबाट बाहिरिने जसपा दोस्रो ठुलो दल बनेको छ । जसपाले अव बन्ने कंग्रेस एमाले गठबन्धन नेतत्वको सरकारलाई समर्थन गर्ने निर्णय यसअघि गरिसकेको छ । पाटीका महासचिव मोहम्मद इस्तियाक राईले अव बन्ने एमाले नेतृत्वको सरकारलाई पार्टीले समर्थन गर्ने भन्दै सरकारमा जान समेत आफ्नो पार्टी सकारात्क रहेको बताउनुभयो । 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update