Public Pana
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गए विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले असाए २८ गए विश्वासको मत लिने गरि संसदको कार्यसूचीमा राख्न सभामुखलाई पत्र पठाएका हुन् ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संबिधानको व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि प्रचण्ड नेतृत्वको गठबन्धन भत्किएको थियो ।

प्रचण्डले सङ्घीय संसदका महासचिवलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारमा सहभागी दलहरूमध्ये एक दल (एमाले)ले आफ्नो समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनका लागि असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् । 

‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राखु पर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्रीको पत्रमा भनिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update