Public Pana
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म रबि लामिछानेले पनि राजीनामा नदिने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार तत्काल नछाड्ने दावी गरेको छ  । सत्ताको प्रमुख घटक नेकपा एमाले प्रचण्ड सरकारबाट बाहिरिए पनि रास्वपाका मन्त्रीले तत्काल राजीनामा नदिने सो पार्टीका एक नेताले बताए । 

रास्वपाका एक नेताका अनुसार  प्रधानमन्त्री प्रचण्डलाई अन्तिमसम्म साथ दिने योजना रास्वपाको छ ।  प्रधानमन्त्रीको राजीनामा नआएसम्म हाम्रा मन्त्रीहरूले सरकार छोड्नु हुन्न । नयाँ सरकार बनाउने प्रक्रियामा सहभागी नहुने भन्दै रास्वपाले अन्तिमसम्म प्रचण्ड नेतृत्वको सरकारलाई साथ दिने बताएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update