Public Pana
बेचेन झा पक्राउपछि बेचैन छन देउवा, श्रीमतीलाई पक्राउ गर्न सक्ने सुचनाले बालकोटसम्म दौडधुप 


नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरु फेरी पक्राउ पर्न थालेपछि कंग्रेस सभापति शेरबहादुर देउवाको बेचैनी ह्वात्तै बढेको छ । यस प्रकरणमा जोडिएका फरार अभियुक्त बेचेन झा र पुर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक पक्राउ परेपछि कंग्रेस सभापति देउवा श्रीमती आरजु राणालाई समेत गृहप्रशासनले पक्राउ गर्न सक्ने भन्दै अत्तालिएका छन् । 

सहकारी प्रकरणमा कग्रेसले गृहमन्त्री रबि लामिछानेविरुद्ध श्रृजना गरेको दवावको प्रतिक्रिया स्वरुप गृह प्रशासनले देउवा पत्नी राणालाई समेत पक्राउ गर्न सक्ने गोप्य सूचना पाएपछि देउवाले सम्भावित दुर्घटना रोक्न भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिवार बालकोटमा झण्डै ३ घण्टा लामो छलफल गरेका छन् । 

पत्नी राणालाई साथै लिएर बालकोट पुगेका देउवाले ३ घण्टा लामो बसाईमा यही प्रकरणलाई लिएर छलफल शुरु गरेको स्रोतको दावी छ ।
बालकोट स्रोतले भन्यो मुख्य मुद्धा नक्कली भु्टानी शरणार्थी प्रकरणमा आरजु राणालाई नजोड्न बिनम्र आग्रह नै थियो, खास गरि उक्त प्रकरणमा बार्गेनिङ शुरु भएको हो, ओलीप्रति सदासयता देखाउन अव कंग्रेस एमाले मिलेर भएपनि सत्ता सहकार्य गर्नेसम्मका बिषयमा समेत उहाँले प्रस्ताव गर्नुभएको छ ।   

पछिल्लो समय पक्राउ परेका बेचेन झाको अबको बयानले पत्नी आरजुलाई अफ्ठेरो पर्ने आंकलनपछि देउवाले ओलीसँग सत्ता सहकार्यसम्मको प्रस्ताव गरेर ओलीसँग सम्बन्ध बिस्तारको प्रयास गरेको बालकोट निकट स्रोतको भनाई छ । 

स्रोतले भन्यो, देउवाको प्रस्तावमा ओलीले गृहमन्त्रीविरुद्ध सहकारी प्रकरणवारे गठन भएको छानविन समितिमा कंग्रेसलाई नरम नीति अख्तियार गर्न सुझाव दिएका थिए । 
यस्तै ३ घण्टाको बसाईमा देउवाले जापानका लागि नेपाली राजदुतमा आफ्नी सासुलाई निरन्तरता दिन समेत आग्रह गरेका थिए । 

हामी लोकतन्त्र र गणतन्त्रका लागि जीवन नै व्यतित गरेका सहयात्री हौ, साना तिना कुरामा एक अर्काविरुद्ध मनमुटाव किन गर्नु, स्रोतले देउवाको भनाई उद्रित गर्दै भन्यो, बरु अवको राजनीतिक सहयात्रावारे मिलेर अघि बढौं । 

सरकारले दुई बर्ष समेत पुरा भइसकेको र वर्तमान सत्ता गठबन्धन दलहरुलाई भागबण्डा पुरयाउन नसकेपछि जापानको राजदुत समेत फिर्ता बोलाउने तयारी गरेपछि देउवाले सासुलाई केही समय निरन्तरता दिनेवारे समेत एमाले अध्यक्ष ओलीसँग कुराकानी गरेको बताइएको छ । 


 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update