Public Pana
क्यानडामा छुरा प्रहारबाट कम्तिमा १० जनाको मृत्यु, १५ जना घाइते

क्यानडामा छुरा प्रहारबाट कम्तिमा १० जनाको मृत्यु भएको छ।  मध्य सास्काचेवान प्रान्तमा भएको घटनामा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

३१ वर्षीय ड्यामियन स्यान्डरसन र ३० वर्षीय माइन्लस स्यान्डरसन छुरा प्रहारको घटनाका संलग्न रहेको प्रहरीले आशंका गरेको बिबिसीले जनाएको छ।

प्रहरीका अनुसार उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा अन्धाधुन्ध छुरा आक्रमण भएको हो। 

घटनाका दुवै शंकास्पद आरोपी फरार रहेको प्रहरीले जनाएको छ। फरार अभियुक्त हतियारधारी रहनुका साथै निकै खतरनाक रहेको क्यानेडियन प्रहरीले जनाएको छ।

जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ। 

प्रहरीले आरोपितलाई पक्राउ गर्नका लागि सर्च अभियान तिब्र पारेको छ। घटना भएको क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षा सतर्कता अपनाउन भन्दै घर भित्रै रहन आग्रह गरेको छ। 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदयविदारक’ भनेका छन्।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update