Public Pana
राष्ट्रपतिमा नेकपा माओवादीले राष्ट्रिय सहमति खोज्ने


नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । आजको स्थायी कमिटी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।
'बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ। यो एमालेबिनाको राष्ट्रिय सहमति होइन, एमालेसहितको राष्ट्रिय सहमति हो,' बैठकपछि महराले पत्रकार सम्मेलनमा भने ।
सरकार गठन गर्ने बेला गत १० पुसमा राष्ट्रपति एमालेले लिने सहमति भएको थियो । कांग्रेसबाट विश्वासको मत पाएपछि राष्ट्रिय सहमतिमा जोड दिएको माओवादीले एमालेलाई धोका दिएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा महराले एमालेलाई धोका नदिएको र आफूहरूले एमाले बिनाको राष्ट्रिय सहमति नभनेको बताए ।
उनले राष्ट्रपतिको निर्वाचनमा माघ २६ देखि २८ को बीचमा हुने बताए ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update