Public Pana
सक्रिय बन्दै मनसुन , गण्डकीमा भारी वर्षा, अन्यत्रको मौसम कस्तो रहला ?

काठमाडौँ । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागसम्म फैलिएको छ । देशका बाँकी भूभागमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

 

 

जसको प्रभावले हाल कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्य सफा रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। 

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आज राति गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ  । 

भोलि कोशी, बाग्मती  र  गण्डकी प्रदेशका केही मधेस र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

गण्डकी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षा र अन्यत्र पनि मध्यम वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update