Public Pana
पशुपतिकाे भेटि चाेर्नेलाई अदालतले सुनायाे यस्ताे सजाय , जेलमै रहने भए पाँच जना

काठमाडौँ । पशुपतिको भेटी चोरी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले एक जनाबाहेक सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश गरेको छ ।

न्यायाधीश कपिलमणि गौतमको इजलासले सत्य नारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेपनि अरू प्रतिवादीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । 

 

 

सीसीटीभी फुटेजमा हेर्दा पशुपतिनाथ मन्दिरको भेटी चोरेको खुलेसँगै प्रहरी वृत्त गौशालाको प्रतिवादीहरूलाई हिरासतमा राखेर अनुसन्धान सकेपछि मुद्दा अदालतमा पुगेको थियो । 

भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सत्यनारायण जोशी, सञ्जय कपाली, कुमार दमाई र अनिल परियार संलग्न रहेको भन्दै अदालतमा मुद्दा पुगेको थियो । 

यसबारे बुधबार थुनछेक बहस सकिए अदालतले जोशीबाहेक सबैलाई थुनामा पठाउने आदेश गरेको हो । 

जिल्ला सरकारी वकिलको कार्यालयले यिनै ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको थियो । 

भेटी चोर्ने समूहलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि एक लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update