Public Pana
अदालतले पद खारेज गरेपछि रबिले बुझाए प्रधानमन्त्रीलाई राजीनामाको पत्र

सर्वोच्च अदालतले पद खारेज गरेपछि रबि लामिछानेले पदबाट राजीनामा दिएको पत्र प्रधानमन्त्रीलाई बुझाएका छन् । साँझ गृहमन्त्रालयबाट आफ्नो निजी सवारीमा बालुवाटार पुगेका रविले अदालतको फैसलालाको सम्मान गर्ने भन्दै पदबाट राजीनामा दिएको पत्र प्रधानमन्त्री पुष्क कष्ल दाहाललाई बुझाएको उनका प्रेश सल्लाहकार नवराज पाण्डेले जानकारी दिए । भेटमा लामिछानेले अदालतको आदेशले आफु आश्र्चचिकित भएको भन्दै आफु तत्काल कुनै प्रतिक्रिया जनाउने अवस्थामा नरहेको बताएको स्रोतले जनाएको छ । प्रधानमन्त्री दाहालले केही समय माहौल हेरेर अगाडी बढ्न रबिलाई सुझाव दिएका थिए । 

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेर नेपाली नागरिकका रुपमा सबै सेवा लिइरहेका रवि लामिछानेको उपप्रधान एवम् गृहमन्त्री तथा सांसद पद खारेज भएको छ ।
संवैधानिक इजलासको फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् ।
लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्ह थिए ।
 
 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update