Public Pana
नेपाली बलर हावी हुँदा  बंगलादेश धरासयी

आईसीसी टी-२० विश्वकपअन्तर्गत जारी खेलमा बंगलादेशविरुद्ध नेपाली बलर हावी हुँदा बंगलादेश संकटमा परेको छ। 

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरिरहेको बंगलादेशले १० ओभरको समाप्तिमा ५ विकेट गुमाएर ५७ रन बनाएर खेलिरहेको छ। 

नेपालले इनिङ्सको पहिलो बलदेखि नै बंगलादेशलाई दबाबमा राखेको छ। नेपाली बलरहरु घातक बन्दा बंगलादेशलाई संकटपूर्ण अवस्था आएको हो। 

 

सुपर ८ मा पुग्न नेपाललाई जित्नैपर्ने दबाबमा रहेको बगंली टोलीका ब्याटर नेपाली बलरसामु लामो समय क्रिजमा टिक्न सकेका छैनन्। 

तीव्र गतिका बलर सोमपाल कामीले इनिङ्सको पहिलो बलमै विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए। बंगलादेशका ओपनर तान्जिद हसन रोयल डक आउट भए।  

सोमपालले नै पाचौँ ओभरको तेस्रो बलमा लिटोन दासलाई १० रन बनाउँदा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए। 

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दोस्रो ओभरको तेस्रो बलमा बंगालदेशका कप्तान नाजमुल हुसैन सान्तोलाई ४ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई लगातार दोस्रो सफलता दिलाए। 

पाचौँ ओभरको चौथो बलमा नेपालका कप्तान रोहित पौडेलले ९ रन बनाएका तोहिद ह्दोयलाई सन्दीप लामिछानेको हातबाट क्याच आउट गराउँदै नेपाललाई चौथो सफलता दिलाएका थिए। 

मोहम्मदुल्लाह नवौँ ओभरको अन्तिम बलमा रन आउट भए। १३ रन बनाएका उनलाई सन्दीप लामिछानेको बलमा गुल्शन झाले रन आउट गराए।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update