Public Pana
टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको १ सय विकेट पूरा

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले आठौँ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

टी–२० अन्तर्राष्ट्रियमा उनको यो १ सयौँ विकेट थियो । जाकेर अलि १२ रन बनाएर आउट भए । यसअघि अफगानीस्तानका रसिद खानले याे रेकर्ड राखेका छन् । उक्त रेकर्ड सन्दिपले बराबरी गरेका छन् ।  

बंगलादेशले १५.३ ओभरमा ८ विकेटको क्षतिमा ७५ रन बनाएको छ ।

जारी विश्व कपमा उनको यो दोस्रो खेल हो । अमेरिकाले भिसा नदिएपछि सन्दीप अन्तिम दुई खेलका लागि मात्र टोलीमा समेटिएका थिए । नेपाली टोली सेन्ट भिन्सेन्ट आउनु अघि नै सन्दीप यहाँ पुगिसकेका थिए ।

दक्षिण अफ्रिकाविरुद्ध खेलेपनि त्यसमा भने उनी विकेश विहिन रहेका थिए । उनले त्यो खेलमा ४ ओभरमा १८ रन खर्चेका थिए ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update