Public Pana
पैशा कमाउन नक्कली लाइसेन्स जारी गर्ने उपसचिवसहित ५ जना प्रहरी खोरमा

नक्कली सवारी चालक अनुमति पत्र ९लाइसेन्स० जारी गरेको आरोपमा प्रहरीले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुखसहित ५ जनालाई सिआइवीले पक्राउ गरेको छ । 

हाल बन मन्त्रालयमा उपसचिव रहेका ४५ वर्षीय केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्प्युटर अधिकृत ३७ वर्षीय पदमराज आचार्य, तत्कालीन यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत ३३ वर्षीय सुवास पौडेल, यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत सहायक कम्प्युटर अपरेटर ३० वर्षीय राजेश लम्साल र यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर ४७ वर्षीय दिलीपकुमार साहलाई प्रहरी पक्राउ गरेको हो । 

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरिएको छ । 
बोगटीका अनुसार यातायात व्यवस्था विभागको केन्द्रीय सवारीचालक अनुमतिपत्र प्रणाली इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली लागु हुनुभन्दा अगाडि ड्राइभिङ लाइसेन्स प्रणाली कार्यान्वयनमा रहेको थियो ।

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा स्थानान्तरण हुन बाँकी सवारीचालक अनुमतिपत्रहरु पेपर कार्ड विधि मार्फत यातायात व्यवस्था कार्यालयले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा ईन्ट्री गरी सवारीचालक अनुमतिपत्रहरु वितरण गर्ने व्यवस्था रहेको थियो । 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update