Public Pana
काठमाडौँमा बिहानीपख हल्का वर्षा, दिउँसो के छ सम्भावना

काठमाडौँ उपत्यकामा आज (आइतबार) बिहानीपख हल्का वर्षा भएको छ।  

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज बिहान २/३ बजेतिर काठमाडौँ उपत्यकामा पानी परेको हो। 

‘अहिले पनि उपत्यकाको आकाश बादलले ढाकिएको छ’, उनले भने, ‘दिउँसो पनि हल्का वर्षा हुने सम्भावना देखिन्छ।’

 

काठमाडौँको आकाशमा अहिले बादल डम्म भए पनि त्यो पानी पार्ने किसिमको नभएको उनको भनाइ छ। 

‘अलि हाई क्लाउड बढी छ, पानी नपार्ने टाइपको बादल छ’, उनले भने, ‘तर बागमती प्रदेशको पूर्वी भूभागमा एउटा मनसुनी सिस्टम बनेको छ, त्या घुमिरहेको छ, बिहान ८/९ बजेसम्म त्यसले एउटा दिशा लिन्छ, त्यो काठमाडौँतर्फ आयो भने दिउँसो वर्षा हुनसक्छ।’

यसैबीच आज बिहान ५:४५ बजेको रेकर्डअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१.६ डिग्री सेल्सियस रहेको उनले बताए। तर आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे आउनेछ। त्यसबेला थोरै घट्ने सम्भावना हुन्छ।

शनिबार उपत्यकाको न्यूनतम तापक्रम २२.५ डिग्री सेल्सियस थियो भने अधिकतम यो वर्षको अहिलेसम्मकै उच्च ३५.३ डिग्री सेल्सियस थियो। 

ज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको मौसमविद् अर्यालले बताए। 

‘वर्षा भयो भने तापक्रम केही घट्ला, तर दिउँसो एकछिन घाम लाग्न पायो भने त तापक्रम बढिहाल्छ’, उनले भने। 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update