Public Pana
निगमले इन्धनको मुल्य घटायो, पेट्रोलमा प्रतिलिटर ३ रुपैया कम

 नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार रातिपछि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँले घटाइएको छ । नयाँ मूल्यानुसार अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ । भने डिजल र मट्टीतेल १५२ रुपियाँ प्रतिलिटर पर्ने छ । 

मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको निगमले शनिवार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम भएको छ ।

त्यसैगरी डिजेल र मट्टीतेलमा पहिलो वर्गअन्तर्गत १४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत १५१ र तेस्रो वर्गअन्तर्गत १५२ रुपैयाँ मूल्य कायम गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update