Public Pana
साउथ अफ्रिकामाथी नेपालको सानदार प्रतिस्पर्धा, एक रनले नेपाल इतिहास बनाउन चुक्यो

टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदा नेपाली टोली इतिहास बनाउनबाट बञ्जित भएको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे । 

निकै प्रतिस्पर्धायुक्त खेलमा नेपाल १ रनले हार्दा नेपाली दर्शक स्तव्द बनेका छन् । 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update