Public Pana
ओमान समूह चरणका सबै खेलमा पराजित

लगातार चौथो हार व्यहोर्दै ओमानले आईसीसी टी–२० विश्वकपको यात्रा सकेको छ।  गएराति भएको खेलमा इङग्ल्यान्डसँग ८ विकेटले पराजित भएसँगै ओमानले नवौँ संस्करणको विश्वकप यात्रा पूरा गरेको हो। 

समूह ‘बी’ बाट ओमानसँगै नामिबिया पनि बाहिरिएको छ। ओमानभन्दा एक खेल कम खेलेको नामिबियाले एक खेलमा जित र २ खेलमा हार भोग्दै २ अंकसहित तेस्रो स्थानमा छ। 

 

समूह चरणका सबै खेलमा पराजित भएको ओमान पुछारमा रह्यो। ओमानलाई हराएको इंग्ल्यान्डको भने सुपर ८ मा पुग्ने अंक गणितीय सम्भावना बाँकी छ। 

इंग्ल्यान्डले ३ खेलबाट ३ अंक बनाएको छ। तीनै खेलमा हपराजित रहेको अस्ट्रेलिया भने एक् खेल अगावै सुपर ८ मा पुगेको छ। ५ अंक भएको स्कटल्यान्ड दोस्रो स्थानमा छ। 

समूह चरणको अर्को खेलमा अस्ट्रेलिया र स्कटल्यान्ड तथा इग्ल्यान्ड र नामिबिया खेल्दैछन्। सो खेलमा अस्ट्रेलियाले स्कटल्यान्डलाई हराए र अर्को खेलका इग्लयान्डले नामिबियालाई पराजित गरे नेट रनरेटमा अघि रहेको अवस्थानमा इग्ल्यान्ड सुपर ८ मा पुग्नेछ। 

गएराति ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इंग्ल्यान्डले ३.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। 

इंग्ल्यान्डका ओपनर तथा कप्तान जस बटलर २४ र जोनी बिस्ट्रो ८ रनमा अविजित रहे। अर्का ओपनर पिल साल्ट १२ रन बनाउँदा बिलाल खानको बलमा बोल्ड आउट भए। 

विल ज्याक ५ रन बनाउँदा करिमुल्लाहको बलमा क्याच आउट भए। 

त्यसअघि इंग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमान ४७ ओभरमा अलआउट भयो। 

ओमानका सोहेब खानले ११ रन बनाउन बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

ओमानको ब्याटिङलाइन ध्वस्त पार्न आदिल रसिद एक्लैले ४ विकेट लिए। घातक बलिङ गरेका उनले आफ्नो स्पेलमा मात्र ११ रन खर्चे। 

जोफ्रा आर्चरले ३.२ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर ३ विकेट लिए। मार्क उडले ३ ओभरमा १२ रन दिर्दै ३ विकेट लिए।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update