Public Pana
गठबन्धनका कारण मोदीले  मन्त्रीको सङ्ख्या २५ प्रतिशतले वृद्धि गरे

याँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित मन्त्रिपरिषद्का ७२ जना सदस्यले आइतबार शपथ लिएका छन् ।

प्रधानमन्त्रीबाहेक भाजपाका ६० र अन्य दलका ११ मन्त्री छन् । शपथ ग्रहणअघि नै क्याबिनेट मन्त्रीको मागका कारण एनसीपी सरकारमा सामेल भएन । 

 

मोदी ३.० मा गठबन्धनको प्रभाव छ। लगातार तेस्रो पटक प्रधानमन्त्री बनेका मोदीले आफ्नो सबैभन्दा ठुलो मन्त्रिपरिषद् गठन गरेका छन् । यसमा जम्मा ७१ मन्त्री छन् । सन् २०१४ मा ४५ मन्त्री र सन् २०१९ मा ५७ मन्त्रीले शपथ लिएका थिए ।

यसपटक ३० जना क्याबिनेट मन्त्री रहेका छन् । सन् २०१९ मा २४ र २०१४ मा २३ जना क्याबिनेट मन्त्रीले शपथ लिएका थिए । अर्थात् मन्त्रिपरिषद्को सङ्ख्या २५ प्रतिशतले बढेको छ । 

गठबन्धनलाई ५ वटा क्याबिनेट मन्त्रीको कुर्सी दिइएको छ । जसमध्ये तेलुगु देशमका के. राममोहन नायडू, जेडीयूका ललन सिंह, हिन्दुस्तान अवाम मोर्चाका जीतनराम मांझी, जेडीएसका एचडी कुमारस्वामी र एलजेपीका (रामविलास) चिराग पासवान।

सबैभन्दा बढी ११ मन्त्री उत्तर प्रदेशका छन् । यसपटक मन्त्रीमण्डलमा ७ जना महिला परेका छन् । पहिलो कार्यकालमा ८ जना र दोस्रो कार्यकालमा ६ जना महिला रहेका थिए । 

यसमा सबैभन्दा युवा टीडीपीका राममोहन नायडू र सबैभन्दा जेठो ७९ वर्षीय जीतन राम माझीलाई क्याबिनेट मन्त्री बनाइएको छ।

कांग्रेस वा अन्य दलबाट भाजपामा प्रवेश गरेका १३ जनाले पनि मन्त्रिपरिषद्मा स्थान पाएका छन् । ४ जना कर्मचारी पनि मन्त्री बनेका छन् भने मन्त्रीमण्डलमा ७ राजनीतिक परिवारबाट आएका व्यक्तिलाई पनि स्थान दिइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update