Public Pana
सुन तस्करीमा कनेक्सन देखिएका पेवल नेपाल र सजिलो पेका कर्मचारीलाई ६ दिन थुनामा राख्न अदालतको अनुमति 

काठमाडौ- जिल्ला अदालत काठमाडौले  सुन तस्करीमा कनेक्सन देखिएका  दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारीलाई  ६ दिन थुनामा राख्न अनुमति दिएको छ ।

 उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले  सुन तस्करीमा भुक्तानी दिएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरेको थियो  ।

शुक्रबार यी दुई कम्पनीका ६ कर्मचारीलाई पक्राउ  परेका थिए । अवैध हुण्डी र सुन, क्रिप्टोको अवैध कारोबारमा जोडिएपछि ६ जनााई नियन्त्रणमा लिइएको थियो । 
पक्राउ पर्नेहरुमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा थिए ।   पक्राउ परेका मध्ये खम्पा मेट्रो अस्पतालमा भर्ना भएका छन् भने अन्य न्यायीक हिरासतमा जाने छन् । 

उनीहरुविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट १० दिनको समय माग गरिएको थियो । तर अदालतले पहिलो पटकका लागि ६ दिनको म्याद  दिएको हो । सीआईबीले अहिले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा उनीहरुलाई पक्राउ गरेको हो ।  अवैध सुन तस्करीको खरिद बिक्रि कसरी भएको छ र त्यसको भुक्तिनी कसरी हुन्छ भन्नेबारे अनुसन्धान गर्दा यी दुई भुक्तानी सेवा प्रदाय जोडिएको  देखिएपछि सीआईबीले  पक्राउ गरेको थियो । 


सुनको अवैध कारोबारका साथै क्रिप्टो र हुण्डी कारोबारमा समेत यी दुई कम्पनी जोडिएको दाबी सीआईबीको आशंका छ । अवैध कारोबारमा जोडिएपछि सीआईबीले केही दिनअघि मात्रै राष्ट्र बैंकलाई पत्र लेख्दै ‘पेवल नेपाल र सजिलो पे’ लाई रोक्का गर्न आग्रह गरेको थियो ।

सीआईबीको पत्रपछि राष्ट्र बैंकले सूचना जारी गर्दै २१ जेठमा यी दुई भुक्तानी कम्पीनीको बैंक खाता रोक्का गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update