Public Pana
विदेशी मुद्राहरुको मूल्य बढ्यो कि घट्यो?

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

 

आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य हिजोकै यथावत छ। अर्थात् शनिबार कारोबार भएको मूल्यमा आज पनि धेरै विदेशी मुद्राको कारोबार हुँदैछ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारबोबार भएको थियो। 

 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ६९ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update