Public Pana
ग्यासट्राइटिस हुने कारण र जोखिम

काठमाडौं- ग्यासट्राइटिस अल्पकालीन र दीर्घ(क्रोनिक) दुवै हुन सक्छ। एक सर्वेक्षण अनुसार विकान्सोमुख देशका कुल ५०.८ प्रतिशत र विकसित देशका ३४.७ प्रतिशतमा ग्यासट्राइटिसको समस्या हुन्छ। नेपाल, भारत जस्ता बढी तेलीय र मसलादार खानेकुरा खाने प्रचलन भएका देशमा यसको समस्या उच्च छ। ग्यासटाइटिसको समस्याले आधा भन्दा बढी जनसंख्यालाई सताएपनि औषधी उपचार र जीवनशैलीको परिवर्तनबाट यसलाई न्युनिकरण तथा निर्मुलिकारण पार्न सकिन्छ।  

 

ग्यासट्राइटिस हुने मुख्य कारण

•    अत्याधिक मदिरा सेवनले पाचन प्रणालीमा क्षति गर्छ। तसर्थ मदिराको अत्याधिक सेवनले पनि व्यक्तिमा ग्यासट्राइटिसका समस्या निम्त्याउँछ।
•    ब्याक्टेरियल संक्रमण ( एच. पाइलोरीजस्ता वा अन्य)ले पनि ग्यासट्राटिसको सम्भावना बढाउँछ ।
•    पित्तथैलीमा आएको समस्याले पनि ग्यासट्राइटिस गराउँछ । शरीरमा बोसको मात्रा वृद्धि गर्ने खानेकुरा पचाउनका लागि पेटले पित्तको उत्पादन गर्दछ। यदि सो पित्त सानो आन्द्रामा नभई पेटमा नै फर्किएको खण्डमा यसले पनि व्यक्तिमा ग्यासट्राईटिसको जोखिम बढाउँछ। 
•    अन्य स्वास्थ्य समस्याका कारण सेवन गरिने विशेष  औषधिले ग्यास्ट्राइटिसको समस्या पैदा सिर्जना गर्दछ ।
•    शरीरमा चोटपटक लागेको अवस्थामा पनि ग्यास्ट्राइटिसको जोखिमलाई बढाउँछ ।
चोटपटक पेटबाहेक अन्य अंगमा लागेपनि ग्यासट्राइटिस हुन सक्छ।  पेटमा मात्रै नभएर अन्य भाग (मस्तिष्कको चोटपटक)ले पनि व्यक्तिमा ग्यासट्राइटिस हुने सम्भावना बढ्छ ।
•    कहिलेकाहिँ शरीरको प्रतिरक्षा प्रणालीले आक्रमण गरेर पनि हुन्छ। 

जो जोखिममा छन् 

ब्याक्टेरियाका कारण गम्भीर समया भएका तथा वा रोग प्रतिरक्षा कमजोर भएको अवस्थामा (एच. पाइलोरी ब्याक्टेरिया मात्रै होइन।)

पेटको भित्री भाग, प्रतिरक्षा प्रणालीका साथै बढ्दो उमेरका क्रममा व्यक्ति मोटो,  दुब्लो अथवा कमजोर हुँदै जानु (यी समूह ग्यासट्राइटिसका औषधि सेवन गर्नुपर्ने अवस्थाका सम्भावित व्यक्तिहरु हुन्।)
तसर्थ पाको उमेरका व्यक्तिमा ग्यासट्राइटिसको सम्भावना उच्च रहन्छ ।

अत्याधिक मध्यपान गर्नेहरु

शारीरिक तनावबाट ग्रसित समूह (जस्तै: संक्रमण तथा चोटपटक लागेका व्यक्तिहरु)

अटोइम्यून डिसअर्डर भएका समूहहरु आदि।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update