Public Pana
सत्ता समर्थित दलकै कार्यकर्ताले जलाए शिक्षामन्त्रीको पुत्ला

काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पस अगाडि शुक्रबार बिहान शिक्षामन्त्री शिशिर खनालको पुत्लादहन गरिएको छ । 

सत्ता समर्थित दल एकीकृत समाजवादीका कार्यकर्ताले सरकारकै मन्त्रीको पुत्ला जनाएका हुन । प्रतिनिधीसभामा १० सिट जितेको समाजवादीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको छ । 

एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरुले शिक्षामन्त्री खनालको पुत्लादहन गरेका हुन् ।

विद्यार्थीहरुले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने निर्णय गरेको भन्दै मन्त्री खनालको पुत्लादहन गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update