Public Pana
गिरीबन्धु टी स्टेट विवादमा ओली र बालेन सवाल - जवाफ : बालेनलाई सोध्नुस्

काठमाडाै-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडाै महानगरपालिका मेयर बालेन शाहिवचमा गिरीबन्धु टी स्टेट प्रकरणमा सवाल जवाफ शुरु भएकाे छ। शाहले विहान सामाजिक सञ्जालमा अोलीकाे नाम  लिदै लेखेका  थिए ।  त्यसमा जवाफ दिदै  एमाले अध्यक्ष अाेलीले  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन् ।

सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीको गिरीबन्धु टी स्टेटबारे प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको जवाफ दिँदै उनले मेयर शाहलाई सोध्न आग्रह गरेका हुन् । मेयर शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी स्टेटको घोटाला लुकाउन १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउनु भन्दै आरोप लगाएका थिए । 

 

 

 

सञ्चारकर्मीहरुको गिरीबन्धु टी स्टेटको कुरा एकदम आइरहेको छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस् !’ 

सोमबार मेयर शाहले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन सम्पूर्ण राज्य शक्ति लगाएर न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन लागेको आरोप लगाएका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update