Public Pana
ककनी क्षेत्रको फोहरमैला व्यवस्थापनमा सरकारले सक्दो सहयोग गर्ने शहरी विकासमन्त्रीको प्रतिवद्धता

शहरी विकास मन्त्री धनबहादुर बुढाले नुवाकोटको ककनी क्षेत्रमा देखिएको फोहर मैला व्यवस्थापनमा मन्त्रालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रवार सिहदरवारस्थित मन्त्रालयमा ककनी फोहोरमैला ब्यवस्थापन सरोकार समितीका पदाधिकारीसँग भएको छलफलमा मन्त्री बुढाले पर्यटकीय गन्तव्यको रुपमा परिचित रहेको ककनीको फोहर मैला व्यवस्थापनमा शहरी विकास मन्त्रालयले सक्दो सहयोग गर्ने बताएका हुन ।

मन्त्री बुढाले काठमाण्डौं उपत्यकाको फोहरमैला समस्या समाधानमा मन्त्रालयले स्थानिय सरकारसँग समन्वय गरेर काम गरिरहेको भन्दै स्वस्थ वातावरणमा बाच्न पाउने नागरिकको मौलिक हकलाई सरकारले सदैव प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

ककनी फोहोरमैला ब्यवस्थापन सरोकार समितीको ११ बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री बुढाले फोहरमैला व्यवस्थापनको प्रमुख दायित्व स्थानिय तहको भएपनि मन्त्रालयले गर्ने पुर्वधार निर्माण लगायतका बिषयमा आफुहरु गम्भीर रहेको उल्लेख गर्नुभयो । 
काठमाण्डौ उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि सरकारले दिर्घकालिन र अल्पकालिन कार्ययोजना बनाएर कार्यक्रम अघि बढाइसकेको भन्दै मन्त्री बुढाले भने, हामीले बन्चरेडाँडामा जुन मोडलमा काम गर्दैछौ, त्यसैलाई अनुसरण गरि अन्य स्थानको फोहर व्यवस्थापनमा समेत सरकारले सहयोग गर्छ ।

फोहोरका स्थानियहरु घरमा बस्न सक्ने अवस्था नरहेको भन्दै समितिका अध्यक्ष नवराज ढुङ्गाना सहितको टोलीले जतिसक्दो छिटो समस्या समाधानमा केन्द्र सरकारलाई सहयोग गर्न मन्त्री बुढाको ध्यानाकर्षण गराएका थिए ।

शहरी विकास मन्त्री बुढाले काठमाण्डौ लगायतका आसपासका जिल्लामा बढ्दो फोहरमैला व्यवस्थानको दिगो समाधानका लागि आवश्यक रणनीति बनाउनेवारे केही समय अघि काठमाण्डांैका मेयर बालेन शाहसँग समेत छलफल गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update