Public Pana
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जादै

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड भ्रमणमा जाने भएका छन् । 

जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र सोपश्चात संघीय गणतन्त्र र जर्मनीको भ्रमण कार्यक्रम रहेको हुनाले भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमणलाई स्वीकृति दिएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । 

उनका अनुसार राष्ट्रपति पौडेल उतैबाट जर्मनी पुग्नेछन्। उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update