Public Pana
सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने  दुई पुर्व  सिडियोविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजीरी जमानतमा छोडे लगत्तै उनलाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीहरुमाथि अनुसन्धान सुरु भएको छ ।

प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न कर्मचारीहरूको खोजी सुरु गरेको छ । 

सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृत काशीराज दाहाल विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

तत्कालिन अवस्थामा शाखा अधिकृत रहेको दाहाल सहसचिवबाट सेवा निवृत भएका हुन । उनी विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रुपमा समेत काम गरिसकेका हुन भने लामो समय अख्तियार दुरुपयोग आयोगमा समेत थिए । 

प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।  

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update