Public Pana
अमेरिकी दुतावासको स्पष्ट सन्देश, सन्दीपलाई कुनैपनि हालतमा भिषा दिन सकिदैन !

सरकारको औपचारिक आग्रहलाई लत्याउँदै अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन फेरी अस्वीकार गरेको छ ।

बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका लामिछानेलाई भिसा दिन अस्वीकार गरेको हो ।

विश्वकप खेल्न सन्दीपलाई अमेरिका पठाउने तयारी स्वरुप क्रिकेट एशोसियसनले पुनः भिषाका लागि पुनरावलोकन गर्न आग्रह गरेपनि दोस्रो पटक समेत अमेरिकी दुतावासले भिषा दिन अस्वीकार गरेको हो । यसअघि  जेठ ९ मा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

चौतर्फी दवाव  र केही राजनीतिकर्मीले समेत जोडदार आवाज उठाएपछि सरकाले सन्दीलाई टी(२० विश्वकप खेल्नुपर्ने भन्दै भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो । सरकारको आग्रहलाई समेत लत्याउदै अमेरिकी दुतावासले  सन्दीलाई कुनैपनि हालतमा भिषा नदिने स्पष्ट सन्देश दिएको छ ।

सन्दीपलाई कुनैपनि हालतमा अमेरिकाले भिषा दिन नसक्ने स्पष्ट सन्देश दिएकाले त्यसवारे अव सरकारले जोडवल गर्नु कुटनीतिक कमजोरी हुन जाने परराष्ट मन्त्रालयकै एक अधिकारी बताउछन् । उनले भने गुजरातका तत्कालिन मुख्यमन्त्री नरेन्द्र मोदीलाई समेत केही विवादित पृष्ठभूमिका कारण अमेरिकाले भिषा नदिएको हामीलाई अवगत नै छ, अव अमेरिकाले सन्दीलाई तत्काल भिषा नदिने स्पष्ट सन्देश दिइसकेको छ, त्यसकारण यसलाई हामीले प्रतिष्ठाको बिषय बनाउनु आवश्यक छैन, यसले दुईबीच नै असमझदारी बढाउन सक्छ । 


अमेरिकी दुतावासको उक्त कदमलाई कतिपयले ठीक भनिरहेका बेला केहीले भने अदालतबाट सफाई पाइसकेको व्यक्तिलाई विगतको पृष्ठभूमि हेरेर अमेरिकाले भिषा नदिएको भन्दै आलोचना गरेका छन् । सरकारको आग्रहलाई समेत दुतावासले  नमानेपछि अव सन्दीपको अमेरिकामा विश्वकप खेल्न जाने सपना तुहिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update