Public Pana
शुक्रवारसम्म मन्त्री हेरफेर हुन सक्ने,सरकारबाट माधव नेपाललाई हटाउने तयारी

एमालेका अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीलाई सरकारबाट हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दवाव दिएका छन् । 

बिपक्षी दलहरुको बैठकमा सहभागीको बिषयलाई लिएर एमाले अध्यक्ष ओली माधवकुमार नेपालसँग रुष्ट भएका हुन । 
ओली निकट स्रोतले भन्यो सत्तारुढ गठबन्धनमा बसेर सरकारकै बिरोधमा बिपक्षीसँग साँठगाँठ गर्न लागेपछि अध्यक्ष कमरेड रिसाउनुभएको हो, त्यसकै प्रतिक्रिया स्वरुप एकीकृत समाजवादीलाई सरकारबाट हटाउन भनिएको हो । 

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले माधवकुमार नेपाललाई क्याविनेटबाट आउट गरेर नागरिक उन्मुक्ति पार्टी र सिके राउत नेतृत्वको जनमुक्ती पार्टीलाई सरकारमा ल्याउने अन्तिम तयारी गरेका छन् । 
यसो गर्दा हाल १ सय ५७ सांसद रहेको सत्तारुढ दलभित्र १ सय ४७ सांसदको सरकारलाई समर्थन रहनेछ । 

माधव कुमार नेपाल नेतृत्वको समाजवादी पार्टीका १० सांसद छन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले वर्तमान सत्ता गठबन्धनमा रहेकालाई दाया वाया गर्न नदिने उनीहरुलाई सक्दो चित्त बुझाउने गरि मन्त्रालय दिने योजना बनाएका छन् । 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग फुटेर गएको अशोक राई नेतृत्वको दल जनता समाजवादीलाई समेत सरकारमा टिकाइराख्न प्रधानमन्त्री दाहालले थप एक मन्त्रालय दिने तयारी गरेका छन् । 

माधव नेपालसँग विहिवारसम्म कित्ता क्लिीयर गरेर प्रधामन्त्री दाहालले शुक्रबारसम्म मन्त्री मण्डल हेरफेर गर्ने तयारी गरेको उनका निकटवर्तीहरुले बताएका छन् । स्रोतले भन्यो, माधव कमरेड आएर यदी गठबन्धनलाई अफठेरो नपर्ने विश्वास प्रधानमन्त्रीलाई दिलाउन सक्नुभयो भने उहाँलाई सरकारमा राखिएला नत्र उहाँलाई सरकारबाट अटाएर अरुलाई नै भित्राउने योजनामा दुई शिर्ष नेता छन् । सरकारमै बसेर बिपक्षी गठबन्धनको वैठकमा गएर अध्यक्षले दोहोरो चरित्र देखाएको भन्दै पार्टीभित्रै अधिकांस नेताहरु रुष्ट बनेपछि नेपाललाई निकै दवाव परेको स्रोत बताउछ । 

स्रोतका अनुसार आफ्नै पार्टीले लिएको पर्यटन मन्त्रालयमा नागरिक उम्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठलाई ल्याउने तयारी छ भने सिके राउतको पार्टीलाई सामान्य प्रशासन मन्त्रालय दिने प्रधानमन्त्रीको योजना छ ।  यद्यपी सिके राउतले ग्रिन सिग्नल नदिएका कारण प्रचण्डलाई तत्काल सरकार गठबन्धनमा खटनपटन गर्न कठिन परेको छ । 
नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठलाई पर्यटन मन्त्रालय दिने सहमति भइसकेको स्रोतको दावी छ । 

महिला बालकालिका मन्त्रालय अशोक राई नेतृत्वको पार्टीलाई दिएर शहरी एमालेलाई दिने गरि प्रधानमन्त्रीले छलफल अघि बढाएको स्रोतको दावी छ ।महिला बालबाललिका मन्त्रालयमा जनता समाजवादीका अध्यक्ष अशोक राईकी पत्नी आउने लगभग निश्चित भएको जसपाका एक नेताले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update