Public Pana
मध्य तथा शुदुरपश्चिममा अत्याधिक गर्मी,जनजीवन प्रभावित

तराई तथा भित्रि मधेसका जिल्लाहरुमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित भएको छ ।

आगामी तीन दिनसम्म तापक्रम अझै  बढ्न सक्ने भन्दै जल तथा मौषम पुर्वानुमान महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ । बढ्दो गर्मीले जनजीवन कष्टकर बनेपछि तराईका अधिकांस जिल्लाका बिद्यालय केहीदिनलाई बन्द गरिएको छ ।

तातो हावा लु चलेका कारण घरबाहिर घाममा ननिस्कन र सुरक्षाका लागि सर्तकता अपनाउन भनिएको हो ।

आगामी ३ दिन काठमाण्डौंमा समेत तुलनात्मक रुपमा गर्मी बढ्ने महाशाखाको अनु्मान छ । अहिले ३० डिग्री सेल्सियस रहेको काठमाण्डौ उपत्यकाको तापक्रम ३ दिनमा ३३ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ । 

मौषमविद्हरुले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी गर्मी हुने बताएका छन् ।

पुर्वी भेगमा बर्षा गराउने बादल सक्रिय भएकाले पश्चिमको तुलनामा कम गर्मी हुने मौषमविद्हरुले बताएका छन । 

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update