Public Pana
पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३१ पीसीआर परीक्षण गर्दा बिहीबार पाँच जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर १४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज देखिएको कोराना संक्रमणको दर पछिल्लो समयको सवैभन्दा धेरै हो । यही अनुपातमा कोराना संक्रमण बढ्दै गए भहावह अवस्था आउन सक्ने स्वास्थ्य बिज्ञहरुले चेतावनी दिएका छन् । कोरानाका कारण अहिलेसम्म १२ हजार बढीले ज्यान गुमाउँदा समेत सर्तकतातर्फ सरकार र नागरिकमा समेत गम्भीरता देखिएको छैन । 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update