Public Pana
शहरी विकास मन्त्रालयको आगामी आर्थिक बर्षको बजेट झण्डै २८ अर्बले बढ्यो 

शहरी विकास मन्त्रालयको आगामी आर्थिक बर्षको बजेट झण्डै २८ अर्बले बृद्धि भएको छ ।

कर्णालीको बिकट जिल्ला डोल्पाबाट निर्वाचित सांसद रहेका शहरी विकास मन्त्री धनबहादुर बुढाको पहलमा अर्थमन्त्रालयले चालू आर्थिक बर्षको बजेट भन्दा झण्डै २८ अर्ब बढी रकम शहरी विकास मन्त्रालयका लागि थप गरेको हो । 

मन्त्री बुढाले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री बर्षमान पुनसँग निरन्तर भेटेर आफ्नो मन्त्रालयको बजेटको सिलिङ बढाईदिन आग्रह गरेका थिए । मन्त्री बुढाको आग्रहपछि अर्थमन्त्रालयले शहरी विकास मन्त्रालयको आगामी आर्थिक बर्षको बजेटमा २७ अर्ब ६५ करोड रुपैया थप गरेको हो । 

चालू आर्थिक बर्षमा शहरी विकास मन्त्रालयका लाथि ६४ अर्ब ७८ करोड रकम बिनियोजन गरिएको थियो भने मंगलवार सार्वजनिक गरिएको आगामी आर्थिक बर्षको बजेटमा उक्त मन्त्रालयलाई ९२ अर्ब ४३ करोड रुपैया बिनियोजन गरिएको छ । 

“मन्त्री बुढाले भने, विकासमा पछि परेका कर्णाली र अन्य जिल्लामा पनि नयाँ कार्यक्रम राख्न र चालू आयोजनालाई समयमै सम्पन्न गराउने उद्देश्यले बजेटको सिलिङ बढाउन प्रधानमन्त्री र अर्थमन्त्रज्यूलाई आग्रह गरेको थियो, मेरो कुरा सुनिदिनुभयो, उहाँहरुलाई धेरै धेरै धन्यवाद ।” 

चालू आर्थिक बर्षको बिनियोजित बजेटको आकार अनुसार आगामी आर्थिक बर्षको बजेट आए बिकासमा पछाडी पारिएको कर्णाली लगायतका जिल्लामा मन्त्रालयबाट नयाँ कार्यक्रम तथा योजना राख्न नसकिने भएपछि मन्त्री बुढाले प्रधानमन्त्री र अर्थमन्त्रीलाई पटक पटक भेटर बजेट बढाउन ध्यानाकर्षण गराएका थिए ।  

आगामी आर्थिक अर्बको बजेट निकै सन्तुलित रुपमा आएको भन्दै मन्त्री बुढाले बिकासमा पछि परेको जिल्लाका साथै पिछडिएको बर्ग र समुदायलाई केन्द्रमा राखेर आफ्नो मन्त्रालयले बजेट खर्च गर्ने दावी गरे । 
आगामी आर्थिक बर्षमा बिकास बजेटलाई प्रभावकारी ढंगले खर्च गर्ने मन्त्री बुढाले बताए । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update