Public Pana
चाडपर्वलाई लक्षित गर्दै भदौ अन्तिम सातादेखी करिब १० अर्ब नयाँ सटही गर्ने राष्ट्र बैंकको तयारी

राष्ट्र बैंकले यस वर्षको दसैं, तिहार र छठ पर्वका लागि करिब १० अर्बको नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।

मुद्रा व्यवस्था विभाग प्रमुख रेवतीप्रसाद नेपालले यो वर्षको दसैं, तिहार र छठ पर्वका लागि भदौ अन्तिम सातादेखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने जानकारी दिए । 

बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ ।

राष्ट्र बैंक का अनुसार नयाँ नोट सटहीका लागि राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरुलाई सुविधा प्रदान गर्ने छ भने सर्वसाधारणका लागि भदौ २९ वा असोज २ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी भइरहेको छ  ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दुईदेखि पाँच करोड रुपियाँसम्म नयाँ नोट सटही सुविधा दिने छ ।

गत वर्ष जस्तै सर्वसाधारणले यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपियाँसम्मका नयाँ नोट साट्न पाउने छन् । 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update