Public Pana
भैसैपाटीको नयाँ मन्त्री क्वाटरमा शहरी विकास मन्त्रीको अनुगमन, आगामी साउनभित्रै मन्त्रीहरुलाई सार्ने तयारी (फोटो फिचर)

ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वाटर निर्माण आगामी साउनम सम्म सकिने भएको छ । मन्त्री  क्वाटरभित्रको अन्तिम चरणको काम सकिने अवस्था रहेको र साउनभित्रमा पुल्चोकस्थित क्यावटरमा रहेका मन्त्रीहरुलाई भैसेपार्टीस्थित नयाँ भवनमा सार्ने शहरी विकास मन्त्रालयको तयारी छ ।  mantri-1-1716795641.jpeg
 

नयाँ मन्त्री क्वाटरको सोमवार अनुगमन गर्नुहुँदै शहरी विकास मन्त्री धनबहादुर बुढाले साउनभित्रमा पुल्चोक मन्त्री क्वाटरलाई भैसेपार्टीमा सारिने जानकारी दिनुभभयो । मन्त्रालयका सचिव मणिराम गेलाल, भनन विभागका डिजी कुमार घिमिरे लगायत लिएर भैसेपार्टी पुगेका मन्त्री बुढाले मन्त्री क्वाटरको पछिल्लो प्रगतीवारे जानकारी लिनुभएको थियो । मन्त्री बुढाले यही साउनभित्रमा मन्त्रीज्यूहरुलाई सार्ने गरि निर्माणको काम गर्न निर्देशन दिनुभएको थियो । धेरैजसो काम सकिएपनि बाहिरी संरचना र क्वाटरभित्र साससज्जा गर्ने काम भइरहेको अनुगमनको क्रममा पाएकाले साउन महिनाभित्र हस्तान्तरण गर्न मन्त्री बुढाले निर्माण कम्पनीलाई समेत निर्देशन दिएका थिए ।mantri-2-1716795661.jpeg

भैंसेपाटीमा मन्त्रीहरूका लागि २४ वटा र राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि क्वाटर निर्माण भइरहेको छ। प्रत्येक ११ आनामा एक जना मन्त्रीका लागि क्वाटर निर्माण गरिएको छ । जसअन्र्तगत ८ आनामा भवन निर्माण गरिएको छ । राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि भने आवास क्षेत्रफल बढाइएको विभागका महानिर्देशक कुमार घिमिरेले बताए । mantri-1-1716795641.jpeg

सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागले मन्त्री क्वाटरसँगै अन्य संरचना पनि तयार गर्दैछ। हेलिप्याड, स्विमिङ पुल, ग्रोसरी भवन, सुरक्षाका लागि बस्ने प्रहरीका लागि ३ वटा ब्लक भवन, फाउन्टेनसँगको बगैंचा बनाउने काम अन्तिम चरणमा पगेको छ । mantri-3-1716795719.jpeg
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update