Public Pana
नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।
सभामुख देवराज घिमिरेले नाराबाजीका बीचमा नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
अब जेठ १५ गते मंगलबार सरकारले संसदमा बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
 
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update