Public Pana
संसदको गतिरोध खुलाउने प्रयासमा देउवासँग् प्रधानमन्त्रीको परामर्श

राजनीतिक गतिरोध अन्त्यको प्रयासमा कंग्रेसलाई मनाउन प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् ।

संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ ।


संसद वैठकमा पार्टीको रणनीतिवारे काँग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफलमा छन् । यसपछि प्रधानमन्त्रीले छलफलका लागि दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । त्यसअघि देउवाले आन्तरिक छलफल गरिरहेका छन् ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आगामी वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ ।काँग्रेसले भने सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update